आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
नेपालको मौसममा ओडिसा र आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखी मध्यम वर्षा भईरहेको छ।
आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
-
असार १५ : हिलो, हाँसो र आशाको पर्व
-
आयातित चामलको भरमा कति दिन चल्ला हाम्रो भान्सा ?
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण