नयाँ स्टक एक्सचेन्ज विवाद
चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ। ४ मंसिरमा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको समय शनिवार रातिदेखि विघटन भएको भए पनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैठक बसेर छलफल गर्न सम्भव नभए पनि आवश्यक विवरण संकलन गर्ने र संसदीय चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको अर्थ समितिले यसमा थप छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले बताए।
प्रतिनिधिसभा अन्तर्गतको समितिको ३१ भदौको निर्णय अनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई बोधार्थसहित पत्र काटेको पनि उनले बताए । नेपाल धितोपत्र बोर्डको सिफारिसमा २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावलीको संशोधन स्वीकृत गरेको थियो । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण