बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्‍यो

बुधबार, १७ असार २०८३, ११ : ४९
बुधबार, १७ असार २०८३

काठमाडौँ । फिफा विश्वकपमा बुधबार बिहान इक्वेडरविरुद्ध २–० को नतिजासहित ग्रुप अफ १६ पक्का गर्दा मेक्सिकोको कुल अपराजित यात्रा १२ पुगेको छ । 

त्यसैगरी, नकआउट राउन्डमा समेत प्रतियोगिताकै ‘डार्क हर्स’ मानिएको दक्षिण अमेरिकी टिम इक्वेडरलाई सहज पराजित गर्नुले निःसन्देह मेक्सिको उत्कृष्ट लय सतहमा आएको छ ।

त्यसो त मेक्सिको विश्वकप २०२६ मा सन् २०२२ का दुई फाइनलिस्टबाहेक समूह चरणका तीनै खेल जित्ने एकमात्र टोली समेत बन्यो ।  यस क्रममा उसले एउटा पनि गोल खाएन भने कुल ६ गोल गर्‍यो । पहिलो नक–आउट खेलमा क्लिन सिटलाई निरन्तरता दिँदै प्रतियोगिताको कुल गोल सङ्ख्या ८ पुर्‍यायो । टोली अहिले यस्तो स्वप्निल विश्वकप यात्रामा छ, जहाँ उसले ४० वर्षयताको पहिलो नकआउट जित मात्र दर्ता गरेको छैन, बरु थप नकआउट पार गर्न सक्ने लय पनि ‘एल ट्राइ’ले देखाएको छ ।

Mexico 111

तथ्याङ्कले के भन्छ ?
मेक्सिकोको अहिलेको लय कुनै संयोग होइन । पछिल्ला १२ खेलको अपराजित यात्रा, विश्वकपअघिका १० खेलमा ८ जित, त्यसपछि विश्वकपमा लगातार चार जितले भन्छ मेक्सिको अहिले उत्कृष्ट लयमा छ ।

यस १२ खेलको अपराजित यात्रामा मेक्सिकोले केवल दुई गोल मात्रै खाएको छ भने र लगातार क्लिन सिटको शृङ्खला प्रस्तुत गर्नुले टोलीको रक्षापंक्ति समेत पछिल्ला केही वर्षकै उत्कृष्ट अवस्थामा रहेको संकेत गर्छ ।

यस अर्थमा प्रभावकारी आक्रमण, अभेद्य रक्षापङ्ति तथा उत्कृष्ट बल नियन्त्रण कै कारण मेक्सिको विश्वकपको उपाधि दाबेदार टोलीमध्ये एकका रूपमा बलियो रूपमा उभिएको देखिन्छ ।

विश्वकपमा २०२६ प्रतियोगितामा हालसम्म खेलेका चारै खेल जित्दै मेक्सिकोले केवल नतिजामात्र होइन, आफ्नो खेलशैली, रक्षात्मक क्षमता र आत्मविश्वासले पनि बलियो दाबेदारी प्रस्तुत गरेको छ । उपलब्ध तथ्याङ्कले हेर्दा यो सफलताको जग विश्वकप सुरु हुनुभन्दा धेरैअघि नै तयार भएको देखिन्छ ।

हारपछि बदलिएको टोली
मेक्सिकोले पछिल्लो पटक १८ नोभेम्बर २०२५ मा मैत्रीपूर्ण खेलमा पराग्वेसँग २–१ ले पराजय बेहोरेको थियो । त्यसअघि अक्टोबर २०२५ मा कोलम्बियासँग ४–० को हार पनि भोगेको थियो । यी दुई हारपछि प्रशिक्षकले टोलीको रणनीति र संरचनामा परिवर्तन गरे, जसको प्रतिफल अहिले स्पष्ट देखिएको छ । त्यसयता मेक्सिकोले एक पटक पनि हार बेहोरेको छैन ।

पाराग्वेविरुद्धको हारपछि मेक्सिको लगातार १२ खेलमा अपराजित छ जसमा १० मा जित र २ मा बराबरीको परिणाम निकालेको छ । यी १२ खेलमा मेक्सिकोले टोलीले २३ गोल गरेको छ भने केवल २ गोल मात्र खाएको छ । अझ उल्लेखनीय तथ्य के भने यी १२ मध्ये १० खेलमा विपक्षीलाई गोल गर्न नै दिएन ।

गोल्डकपको उपाधिबाट सुरु भएको आत्मविश्वास
विश्वकपअघि मेक्सिकोले २०२५ को कन्काकाफ गोल्ड कप जितेको थियो । सेमिफाइनलमा होन्डुरसलाई १–० ले हराएको मेक्सिकोले फाइनलमा अमेरिकालाई २–१ ले पराजित गर्दै उपाधि उचालेको थियो ।

Mexico 222

त्यसपछि खेलेका मैत्रीपूर्ण खेलहरूमा पनि टोलीले लगातार प्रभावशाली प्रदर्शन गर्‍यो । विशेषगरी सर्बियामाथिको ५–१ को जितले टोली विश्वकपका लागि पूर्ण रूपमा तयार रहेको संकेत दिएको थियो ।

घरेलु आज्टेका मैदानको प्रभाव
घरेलु मैदानको फाइदाले खेलको नतिजामा ठुलो प्रभाव पार्न सक्छ । सन् १९६६ यता मेक्सिकोले एस्टाडियो आज्टेकामा केवल दुई आधिकारिक खेल मात्र हारेको छ । आफ्नै घरेलु मैदानमा उसले पछिल्ला २४ खेलमा कुनै हार बेहोरेको छैन । यो इतिहासलाई अहिले उसले घरेलु मैदानमा बरकरकार राखेको छ ।

मेक्सिकोसँग राउल हिमेनेज, एरिक लिरा र योहान भास्केज जस्ता प्रमुख खेलाडी छन् । अग्रपंक्तिको जिम्मेबारी रोबर्टो अल्भाराडो र जुलियन क्विन्योनेस पूरा गर्नेछन् । शारीरिक रूपमा सशक्त लुइस रोमो जस्ता हतियार छन् ।

 गिल्बेर्टो मोरा जस्ता सिर्जनशील किशोर प्रतिभा छन् । त्यसैगरि, एडसन आल्भारेजले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले रक्षापंक्तिको केन्द्रमा योहान भास्केज छन् भने सँग साझेदारी गर्दै सेसार मोन्टेसलाई बेन्चमा राख्न सक्छन् ।

चेकियाविरुद्ध घाइते भएका गिलेर्मो ओचोआको ठाउँमा गोलपोस्टको फेरि राउल राङ्गेलले सम्हालिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप