बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन

बुधबार, १७ असार २०८३, ११ : ४१
बुधबार, १७ असार २०८३

सारांश

  • मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।
  • सडक डिभिजन भरतपुरले पहिरो पन्छाएर बिहान ११:१५ बजेसम्म सवारीसाधनको आवागमन सुचारु गरेको छ।
  • सडक डिभिजनले चालकहरूलाई सावधानी अपनाउन र थप पहिरोको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा सुख्खा पहिरो खस्दा केही समय अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन भरतपुरका अनुसार बुधबार बिहान ११ः१५ बजेसम्म पहिरो पन्छाएर सडकमा सवारीसाधनको आवागमन सुचारु गरिएको हो।

सडक डिभिजनले सवारी चालकलाई आफ्नो लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप