राष्ट्रपतिको कदमविरुद्ध संयुक्त युवा संगठनले आज माइतीघरमा विरोध र्याली गर्ने
बिहीबार, ०६ असोज २०७९, ०७ : ५४
सत्ता गठबन्धनका युवा संघ संगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिए पछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो ।
लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू विरोधमा उत्रिएका हुन् । संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ ।
राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्याली गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करण जोहरको मेगा बजेट फिल्ममा टाइगर श्राफ
-
तरकारीको मूल्य निर्धारणमा व्यापारीको हालीमुहाली, किसानलाई बाइपास
-
चुरोट नियमनबाहिर, भेपमा प्रतिबन्ध !
-
आईपीएलको पहिलो क्वालिफायर आज : फाइनलमा पुग्ने पहिलो टोली बन्ने धुनमा कोलकाता र हैदराबाद
-
टीओआरको ड्राफ्ट ‘फाइनल’ गर्नुअघि कार्यदलका सदस्यले आन्तरिक छलफल गर्ने
-
रातिको खानाले तपाईँको तौल त बढाइरहेको छैन ?