शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका व्यावसायिक संस्थाले लिए ११ खर्ब २८ अर्ब ऋण, कुन शीर्षकमा कति ?

शुक्रबार, ०७ असोज २०७९, १८ : २६
शुक्रबार, ०७ असोज २०७९

नेपालका व्यवसायिक संस्थाहरुले ११ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएको पाइएको छ । व्यवसायिक संस्थाले गत साउन महिनासम्ममा लिएको कर्जा सो परिमाण बराबर भएको हो । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार नेपालका बैंक वित्तीय संस्थाहरुले गत साउन मसान्तसम्ममा ४७ खर्ब ७ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा प्रयोग गरेर नै उद्यम व्यवसाय जस्ता गतिविधि हुने गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्ने गरेका छन् । यस्ता कर्जाहरुमध्ये व्यवसायिक संस्थाहरुले टर्मलोन, ओभरड्राफ्ट, इम्पोर्ट, डिमाण्ड लगायतका शीर्षकमा ११ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा व्यवसायिक संस्थाहरुले २ खर्ब ७ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ टर्म लोन लिएका छन् । अघिल्लो वर्षको साउनमा व्यवसायिक संस्थाहरुले लिएको टर्म लोन १ खर्ब ९१ अर्ब ५९ करोड १६ लाख रुपैयाँ टर्मलोन लिएका थिए । यस्तै, गत साउन मसान्तसम्ममा व्यवसायिक संस्थाहरुले ३ खर्ब ८५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ ओभरड्राफ्ट (ओडी) कर्जा लिएका छन् ।

अघिल्लो वर्षको साउनमा यस्तो कर्जा ३ खर्ब २१ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ थियो । व्यवसायिक संस्थाहरुले लिएको ट्रष्ट रिसिप्ट (टीआर) लोन भने कम देखिएको छ । राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा व्यवसायिक संस्थाहरुले ३३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ टीआर/इम्पोर्ट कर्जा लिएका छन् । अघिल्लो वर्षको साउनमा व्यवसायिक संस्थाहरुले ६८ अर्ब ८० करोड ४२ लाख रुपैयाँ लिएका थिए । 

राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा व्यवसायिक संस्थाहरुले ५ खर्ब १ अर्ब १० करोड रुपैयाँ डिमान्ड तथा अन्य चालु पुँजी कर्जा लिएका छन् । अघिल्लो वर्षको साउनमा यस्तो कर्जा ४ खर्ब ३६ अर्ब ८० करोड ५२ लाख रुपैयाँ बराबर थियो ।

व्यवसायिक संस्थाले हालसम्म लिइरहेको विभिन्न शीर्षकको कर्जा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप