भ्रमणमा प्राविधिक, प्रयोगशाला प्रभावित
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत निर्देशकलगायत पाँच जना स्वास्थ्यकर्मी एकैपटक विदेश तथा स्वेदश भ्रमणमा जाँदा सेवाग्राही समस्यामा परेका छन्।
प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ। पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा छन् भने दुई जना स्वदेश भ्रमणमा ।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा र दसौँ तहमा कार्यरत सहप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट बालकृष्ण अवाल अमेरिका भ्रमणमा छन्। यस्तै दसौँ तहमा कार्यरत सिनियर कन्सलटेन्ट प्याथोलोजिस्ट डा. रेखा मानन्धर बेलायत भ्रमणमा छिन् । कन्सलटेन्ट प्याथोलोजिस्ट डा. सुमिधा तिवारी र मेडिकल ल्याब टेक्नोलोजिस्ट सन्तोष सुवेदी विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सञ्चालित तालिममा सहभागी हुन विराटनगर गएका छन्।
उनीहरू भ्रमणमा भएकाले फ्लुसाइट्रोमेट्री (रक्त क्यान्सर पत्ता लगाउने) सेवा नै बन्द हुन पुगेको छ। गत बिहीबार (लिक्युमिया) रक्त क्यान्सरको शङ्कामा एक वर्षीय बालकको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीले उक्त परीक्षण प्याथोलोजिस्ट नभएकाले निजी प्रयोगशालामा लगेर गर्नू भनेर फर्काइदिए। यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण