अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
सारांश
- नेपाल मेडिकल काउन्सिलले गैरस्वास्थ्यकर्मीहरूलाई डाक्टर लेखी आधुनिक चिकित्सा अभ्यास गर्न रोक लगाउने उद्देश्यले अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि २०८३ जारी गरेको छ ।
- यो कार्यविधिले समग्र चिकित्सा क्षेत्रको नियमन गर्ने, चिकित्सकको आचारसंहिता उल्लङ्घनमा कारबाही गर्ने र चिकित्सा क्षेत्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
- कार्यविधि अनुसार दर्ता नभई वा स्वीकृत कार्यक्षेत्र बाहिर गई चिकित्सा सेवा अभ्यास गर्नु, 'डाक्टर' उपाधि दुरुपयोग गर्नु, अवैज्ञानिक उपचार गर्नु, भ्रमपूर्ण विज्ञापन गर्नु र फर्जी प्रमाणपत्र जारी गर्नु अवैध मानिनेछ ।
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि २०८३ जारी गरेको छ । काउन्सिलको बोर्ड बैठकले आधुनिक चिकित्साको नियमन गर्ने उद्देश्यले कार्यविधि जारी गरेको हो । कार्यविधि अनुसार गैर स्वास्थ्यकर्मीहरूले डाक्टर लेखी आधुनिक चिकित्सा अभ्यास गर्न पाइनेछैन ।
बोर्डका निमित्त रजिस्ट्रार डा.दीपेन्द्र पाण्डेले समग्र चिकित्सा क्षेत्रको नियमन गर्न कार्यविधि ल्याइएको बताए । डा.पाण्डेले भने, चिकित्सकले पनि आफ्नो आचारसंहिता उल्लङ्घन गरे कारबाही हुन्छ । यो कार्यविधिले चिकित्सा क्षेत्रलाई थप मजबुत बनाउन योगदान गर्नेछ ।’
गैरचिकित्सकले आफ्नो कार्यक्षेत्रको अधीनमा रही अभ्यास गर्नुपर्नेछ । कार्यविधि अनुसार अवैध चिकित्सकीय अभ्यास भन्नाले प्रचलित कानुन बमोजिम नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्यसँग सम्बन्धित अन्य व्यावसायिक परिषद्मा दर्ता नभई, वा दर्ता भए तापनि आफ्नो स्वीकृत कार्यक्षेत्र र विद्यमान कानुनको परिधि बाहिर गई चिकित्सा सेवा वा स्वास्थ्योपचारको अभ्यास गर्नु वा गराउनु हो ।
अवैध चिकित्सकीय अभ्यास अन्तर्गत आधुनिक चिकित्सा वा स्वास्थ्य उपचारको काम गर्ने वा भ्रम छर्ने उद्देश्यले आफूले प्राप्त नगरेको वा आधिकारिक निकायले प्रदान नगरेको ‘डाक्टर’ उपाधि, डिग्री, डिप्लोमा, सर्टिफिकेट वा लाइसेन्स आफ्नो नामसँग जोडी लेख्नु/लेख्न लगाउनु वा प्रयोग गर्नु, अवैज्ञानिक, अप्रमाणित, झुट्टा वा भ्रामक रूपमा चिकित्सक वा विशेषज्ञ चिकित्सकको रूपमा आधुनिक उपचार वा शल्यक्रिया गर्नु, स्वास्थ्य सम्बन्धी अतिरञ्जित वा भ्रमपूर्ण विज्ञापन गर्नु र फर्जी वा जालसाजी मेडिकल प्रमाणपत्र, प्रेसक्रिप्सन वा अन्य आधिकारिक कागजात जारी गर्ने कार्य समेत पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्दै, औषधि मूल्य समायोजनबारे निर्णय हुने
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण