२४ करोडका खाद्य परीक्षण भ्यान ४ वर्षदेखि अलपत्र
गाडीको रङ फुग उडेको छ। टायरमा झार उम्रिएको छ । ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण रहेरचाह पनि भइरहेको छैन । चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती गाडी जहाँ राखिएका थिए, अहिलेसम्म त्यहीं छन्। ती चारवटा गाडी (भ्यान) घामपानी, हिउँदवर्षा जतिबेला पनि खुला आकाशमुनि छन् ।
एउटै भ्यानको मूल्य त्यसमा जडित उपकरणसहित करिब ६ करोड रूपैयाँ पर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा प्रवेश गर्ने जोकोहीले पनि ती भ्यान देख्न सक्छन्। बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो।
बजारमा अखाद्य वस्तुको बिगबिगी छ तर खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याइएका ती चार भ्यान भने चार वर्षदेखि थन्किएका छन् । झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान सरकारी निकायको उदासीनताका कारण प्रयोगविहीन अवस्थामा छन्। खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन् ।
भ्यान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित पाँच कर्मचारी, बिक्रेता र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सात कर्मचारीसहित एक दर्जन बढीलाई भ्रष्टाचारको मुद्दा लागेको थियो । मुद्दा दायर भएपछि ती भ्यान चलाउन कसैले चासो दिएका छैनन् । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण