युगान्डामा इबोला संक्रमण बढ्दै, ५ जनाको मृत्यु
बुधबार, १२ असोज २०७९, ०६ : ५०
अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ ।
मध्य युगान्डाका तीन जिल्लाहरुमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो । डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ ।
यसैबीच आफूहरू सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आफूहरुलाई सुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण