प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच समझदारी पत्रमा हस्ताक्षर
बिहीबार, १३ असोज २०७९, १८ : ३८
प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट इन्टरनेशनल कलेजबीच एमओयु सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र कलेजका बिबिए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरिन् ।
देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्नेगरी सो आपसी समझदारी पत्रमा सम्झौता भएको हो । सो सम्झौता अनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बिबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने हेतुले शेयर बजार सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’