कविता : खुशी हराएको जिन्दगी
उल्लासमय परिवेशले
मेरो गाउँ सर्लक्क निलेको बेला
घर घरमा हर्षित
अनगिन्ती मुस्कानहरु भेटिए
पल्लाघरे ठुल्दाइ
पिपलबोटका हर्क दाइ
अनि मालतीका कान्छा पनि
धेरै बर्षपछि घर आँगनमा
मुस्कुराउँदै पुगेपछि
पूरा गाउँलाई धुमधामले
बडा दसैंले छोएको देखिन्छ
छिमेकीका घरमा मीठा पकवान
र, खसी ढालिएको छ
तर मेरो सानो झुपडीमा
केवल शुन्यता छ
खुशी हराएका मनहरु
परदेशीको बाटो हेरिरहेछन्
मेरी बूढी आमा अनि
सानुका आँखामा
आँसु छछल्किएका छन्
वर्ष दिनको यति ठुलो पर्वमा
छोरो घर नआउँदा
आमाको मन भक्कानिएको छ
प्रिय सानुको मुहारबाट
चमक सर्लक्क मेटिएको छ
सानो छोरा दर्शन
मेरो तस्बिरलाई काखमा राखेर
नियालिरहेछ
र, सोधिरहेछ प्रश्नमाथि प्रश्नहरु
हाम्रो बाबा किन नआउनुभाको आमा ?
खै त हाम्रो घरमा खसी ढालिएको ?
बाबाले खै त मलाई नाना र गाडी ल्याएको ?
अबोध छोराका यी प्रश्नहरु
सानु र आमाका मुटुमा
खिल बनेर बिझाउँछन्
अनि केवल आँखा रसाउँछन् ।
परदेशीहरुको घरमा प्रायः
यही दृश्य भेटिन्छ
यही कारुणिक वेदनाले पोलिरहन्छ
परदेशी हुनुको पीडा
आफन्तसँग टाढा हुनुको चोट
अनि चाडपर्वमा
संगै हुन नपाइएका बाध्यताहरु
बोकेर बिरानो मुलुकमा
परदेशी पीरको भारी
उचालिरहेछ निरन्तर निरन्तर
तातो बालुवामाथि
तेल र ग्यासका गन्धभित्र
अनवरत पसिना चुहाइरहन्छ
तै पनि अभावको भुइँचालोले
जिन्दगी हल्लाइरहन्छ ।
काँडा माथिको पैदल यात्रा जस्तो
हामी परदेशीको जिन्दगी
खुशी हराएको कालो जिन्दगी ।
दिपक आचार्य ‘जलन’
बर्दिया, हाल : साउदी अरब
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण