चाडपर्व फर्कि आयो तर छोरो आएन
वर्ष दिन पुरा भयो दसैँ फर्कि आयो तर मेरो छोरो आएन
वर्ष दिन पूर्ण हुन्छ, दसैँ फर्कि आउँछ तर मेरो छोरो आउँदैन
कस्तो छोरो जन्म दिएछु मैले कहिल्यै आमाबुबा भन्दैन
गाको थियो परदेश धनकमाउनलाई तर छोरै फर्किआएन
आयो त केवल उसको सम्झना हरपल हामी आमाबाबालाई
आउँछन् अरुका छोरा बुहारी नाति नातिना, ल्याउँछन् कोशेली
हाम्राले के ल्याउथे र, फर्कि आउँदैनन् बुढा बाआमा सम्झी
भन्थे बुढापाकाहरुले, बाह्र वर्षमा खोला समेत फर्किन्छ भनेर
तर, हाम्रा सन्तानहरु फर्केनन् बुढा बाआमालाई सम्झेर
हामी तेल सकिन लागेको दियोझै भएका छौ,आज हो कि भोलि
चाडपर्व आउँदा हुन्छ गाउँमा रमझम,सबैको घरमा भरिभराउ
हाम्रा घरमा सदाबहार, जहिलै पनि मात्र दुई बुढाबुढी
सोध्ने गर्छन् गाउँकाले,कहिले आउँछन् तिम्रा छोरा बुहारी ?
खै के उत्तर दिने हो गाउँलेहरुलाई,निःशब्द छौ हामी बुढाबुढी नै
अरु बेला त त्यस्तै हो चाडबाडको बेलामा आउँदो रैछ धेरै याद
खै, कहिलेसम्म पो भगवानले दिने रैछन् हामी बुढाबुढीलाई साथ ।
रिकेश निरौला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण