अस्ट्रियामा ‘समस्या’ आएको भन्दै रूसद्वारा इटालीलाई निर्यात गरिने ग्यासमा रोक
रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ । “ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भवतालाई उद्धृत गर्दै आजका लागि माग गरिएको ग्यासको आपुर्ति गर्न असम्भब भएको बताएको छ,” एनीको स्थानीय प्रशासनद्वारा जारी एक विज्ञप्तिमा जनाएको छ ।
“फलस्वरूप, टार्भिसियो प्रवेश बिन्दु हुँदै एनीमा जाने रुसी ग्यास प्रवाह शून्य हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।
इटालीमा वितरण गरिएको अधिकांश रूसी ग्याँस ट्रान्स अस्ट्रिया ग्यास पाइपलाइन (ट्याग) मार्फत युक्रेन हुँदै अस्ट्रियाको सीमामा उत्तरी इटालीको टार्भिसियोमा जान्छ ।
युक्रेनमा युद्ध हुनुअघि इटालीले आफूले खपत गर्ने ग्यासको ९५ प्रतिशत आयात गरेको थियो ।
निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीले रूसमा इटालीको निर्भरता घटाउन अन्य ग्यास उत्पादकहरूसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । एनीका लागि हुने ग्यास आपुर्ति जूनमा २५ प्रतिशतमा झरेको छ । प्रशासनले रूसी ग्यासको विकल्पमा नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई गति दिएको छ । रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर