इन्डोनेसिया : फुटबल स्टेडियममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो
आइतबार, १६ असोज २०७९, १३ : ३५
इन्डोनेसियामा शनिबार एक फुटबल म्याचका बेला भड्किएको हिंसा र भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । घाइतेको संख्या पनि व्यापक छ । यसलाई विश्वमा भएको हालसम्मकामे सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको संज्ञा दिएको छ । हिंसा त्यतिबेला भड्कियो जब म्याच हार्ने समूहका प्रशंसक भड्किए र मैदानमा आए ।
इस्ट जाभा प्रान्तमा अरेमा एफसी र पर्सेबाया सुरबायाबीच खेल चलिरहेको थियो । अरेमा एफसीलाई २–३ ले हारिरहेको देखेपछि यसका प्रशंसक मैदानमा छिर्न थाले । समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिस फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?