किन ट्रोल बनाइँदैछ प्रभास र सैफको नयाँ चलचित्र 'आदिपुरुष'को ?
प्रभास, सैफ अली खान र कृति सेनन स्टारर फिल्म आदिपुरुषको टिजर सार्वजनिक भएको छ । ५०० करोडको बजेटमा बनेको यो फिल्मको टिजर २ अक्टोबरमा रिलिज भएको थियो । तर यसलाई सामाजिक सञ्जालमा लगातार ट्रोल गरिँदै छ ।
कतिपयले यो फिल्ममा तथ्यलाई गलत ढंगले प्रस्तुत गरिएको विश्वास गर्छन् भने धेरैले यसका दृश्यहरू हलिउडबाट नक्कल गरिएको बताएका छन् । ट्रोल हुनुको पहिलो कारण भनेको यो फिल्म महर्षि वाल्मीकिको रामायणमा आधारित रहेको निर्माताहरूले आधिकारिक रूपमा घोषणा गरेका छन् । तर रामायण जस्तै फिल्ममा भगवान राम, रावण, लक्ष्मण, हनुमान र उनको बाँदर सेना छन्, तर कुनै पनि पात्र मौलिक कथासँग मिल्दैनन्।
मर्यादा पुरुषोत्तम रामको अनुहारमा क्रोधको साथै, रावणलाई एकदमै आधुनिक, स्टाइलिश र स्पाइक गरिएको कपालमा देखाइएको छ। पृष्ठभूमि वास्तविक कथासँग मेल खाँदैन र एउटा दृश्यमा रामलाई चप्पल लगाएको पनि देखाइएको छ। धेरैले टिजरका दृश्यहरू र पात्रहरू ह्यारी पोटर फिल्महरू, एभेन्जर्स र गेम अफ थ्रोन्ससँग मिल्दो जुल्दो बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा