कैलाली र कञ्चनपुर जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।
मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साताअघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको हो ।
निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै बन्द हुने चिन्ता व्यक्त गरे ।
२०६७ मा निर्माण भएको पुलमा दैनिक १० हजार बढीले आवतजावत गर्छन् । तर पुलको कटान रोकथामका लागि स्थानीय तह तथा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पुलको अवस्था बुझेर तत्काल कटान रोकथामको प्रक्रिया थाल्ने बताए । कञ्चनपुर प्रशासनसँग पनि समन्वय गरेर प्रक्रिया अगाडि बढाउने प्रजिअ थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण