कैलाली र कञ्चनपुर जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।
मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साताअघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको हो ।
निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै बन्द हुने चिन्ता व्यक्त गरे ।
२०६७ मा निर्माण भएको पुलमा दैनिक १० हजार बढीले आवतजावत गर्छन् । तर पुलको कटान रोकथामका लागि स्थानीय तह तथा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पुलको अवस्था बुझेर तत्काल कटान रोकथामको प्रक्रिया थाल्ने बताए । कञ्चनपुर प्रशासनसँग पनि समन्वय गरेर प्रक्रिया अगाडि बढाउने प्रजिअ थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !
-
प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः पौडेल
-
सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिनुस् : प्रधानमन्त्री
-
प्रतिपक्षीको अवरोधका बिच प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो : पौडेल
-
राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन सक्दैन : प्रधानमन्त्री