काठमाडौं ८ मा चुनाव लड्नुस् : ओली, मलाई पुग्यो, नयाँ खोज्नुस् : शाक्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीति नगर्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा प्रत्यक्ष निर्वाचन लड्न प्रस्ताव गरेका हुन् । तर ओलीको प्रस्ताव उपाध्यक्ष शाक्यले अस्वीकार गरेकी छन् ।
‘अहिले मुलुकको राजनीति धेरै जटिल छ । यो अवस्थामा तपाई काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्नुस्’, अध्यक्ष ओलीले शाक्यलाई केही दिनअघि भनेका थिए, ‘तपाईंले संसदीय राजनीति नगर्ने भन्नुभएछ । त्यो अभिव्यक्ति फिर्ता लिनुस् अहिले नै छोड्ने बेला भएको छैन ।’ जवाफमा शाक्यले आफुले यसअघि नै संसदीय राजनीति नगर्ने भनेर बोलेको भन्दै आफु सोही अडानमा कायम रहेको बताएकी थिइन् ।
‘मैले बारम्बार संसदीय राजनीति गर्दिन, पार्टी काममात्र गर्छु भनेको हो, अव मलाई पुग्यो पनि । किनभने अरु नयाँलाई पनि ठाउँ दिनुपर्छ । कि म सांसद नै नभएको भए ठिकै छ भन्ने हो । म पटकपटक सांसद मन्त्री र मुख्यमन्त्री समेत भैसकेको पनि छु’, शाक्यले ओलीको प्रस्ताव अस्वीकार गर्दै जवाफ दिएकी छन् ।
शाक्यले उम्मेदवार बन्न अध्यक्षबाट प्रस्ताव आएको स्वीकार गरिन् । उनले भनिन्, ‘मलाई अध्यक्षले काठमाडौ निर्वाचन क्षेत्र नम्बर–८ बाट उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको हो । तर मैले मलाई पुग्यो नयाँ खोज्नुस् भन्ने जवाफ दिएँ ।’
शाक्यले आफुले चुनाव नलड्ने आग्रह गर्दा पनि अध्यक्षले केही दिन समय रहेको र सोच्न भनेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो ट्विटरको डोमेन नाम
-
युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व