युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
काठमाडौँ । खराब जीवनशैली र खानपानका कारण अहिले मानिसहरूलाई धेरै खाले रोगले सताइरहेको छ । यी मध्ये एउटा रोग हो शरीरमा युरिक एसिडको मात्रा घटबढ हुनु । शरीरमा युरिक एसिड घटबढ हुँदा जोर्नी दुख्ने, सुन्निने, जोर्नी दुख्ने जस्ता समस्या हुन थाल्छ । युरिक एसिड रगतमा घुल्छ र मिर्गौलाबाट फिल्टर भएर पिसाबको माध्यमबाट निकालिन्छ । तर यो प्रक्रिया ठिक ढङ्गले हुन नसकेपछि यो शरीरमा जम्मा हुन थाल्छ र मानिस बिरामी पर्न थाल्छन् ।
युरिक एसिड बढेपछि प्रोटिन सेवन गर्नु हुन्न भन्ने आम धारणा छ । यो धारणा कत्तिको सत्य हो ? युरिक एसिड उच्च हुँदा प्रोटिन होइन बरु प्यूरीनयुक्त चिज चाहिँ खानु हुन्न । यो अमीनो एसिड हो । भोड्का, बियर, विस्की, अर्गन मीट (कलेजो, मिर्गौला, झिँगे माछा) आदि सकेसम्म खानु हुन्न । यस बाहेक आइसक्रिम, चिप्स, प्याकेटमा आउने खानेकुरा, जुस आदि पनि खानु हुन्न ।
शाकाहारीहरूमा पनि उच्च युरिक एसिड हुन सक्छ । त्यस्ता मानिसहरूले भने चनाको दाल, राजमा, सिङ्गै मूंग आदि खानु हुन्न । यी सबैले पनि युरिक एसिड बढाउने काम गर्छ ।
समस्या समाधान गर्ने तरिकाः
तपाईँलाई युरिक एसिडको समस्या छ भने यी ३ कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा दिनभरि कम्तीमा साढे दुई देखि तीन लिटर पानी पिउनुस् । दोस्रो चाहिँ हरेक दिन कम्तीमा आधा घण्टा व्यायाम गर्नुस् । तेस्रो, सकेसम्म गुलिया चीजहरू नखानुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण