टिकट नपाउँदा एमालेका १४ मध्ये ६ निवर्तमान सांसद असन्तुष्ट !
नेकपा एमालेका ८० जना निवर्तमान सांसदमध्ये १४ जनाले यो पटक टिकट पाएनन् । यसरी टिकट नपाउनेमा ६ जना सशक्त दाबेदार नै परेका छन् । बाँकी कोही प्रदेशतिर पनि जान इच्छुक रहेका छन् भने केही स्वैच्छिक रूपमा सांसद नबन्ने भन्दै अरूलाई छोडेका छन् । जसमध्ये एकल सिफारिस भएका नेताले समेत टिकट नपाएपछि एमालेमा चर्को असन्तुष्टि देखिएको छ । ‘उदाहरणकै लागि अछाम–१ मा भीम रावलको टिकट खोसियो । यसले पार्टी पङ्क्तिमा राम्रो सन्देश गएन’, एमालेका एक पोलिटब्युरो सदस्य भन्छन्,‘ एमालेका निवर्तमान ८० सांसदमध्ये १४ प्रतिनिधि सभामा टिकट पाएनन्, त्यसमध्ये ६ जना सशक्त दाबेदार रहेका बढी असन्तुष्ट बनेका छन् ।
यसरी असन्तुष्ट बन्नेमा अछाम १ का भीम रावल, रुपन्देही ३ का घनश्याम भुसाल,दोलखाका पार्वत गुरुङ, कञ्चनपुर ३ का दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल झापा र राजबहादुर बुढा दैलेख २ रहेका छन् । रावल र भुसाल एमालेभित्र तेस्रो धारका रूपमा परिचित छन् । साथै उनीहरू अध्यक्ष ओलीका आलोचक समेत मानिन्छन् ।
पाल्पाका दलबहादुर राना, म्याग्दीका भूपेन्द्र थापा सिन्धुलीका गणेश पहाडी लगायतले भने स्वैच्छिक रूपमा टिकट नपाए पनि अरूलाई नै सघाउने बताएका थिए । निवर्तमान सांसद रहेका गणेश पहाडीले आफू यो पटक निर्वाचन लड्न स्वैच्छिक रूपमै नचाहेकाले टिकट नपाएको बताए ।
‘मलाई नेतृत्वबाट चुनाव लड्न आग्रह पनि गरिएको हो । तर मैले स्वैच्छिक रूपमै यो पटक नलड्ने भनेको थिएँ । मैले नलड्ने भनेपछि नै अरू साथीलाई दिइएको हो’, पहाडीले भने, ‘मजस्तै अन्य केही साथीहरूले पनि स्वैच्छिक रूपमा टिकट नलिनुभएको छ ।’
पहाडी निर्वाचित सिन्धुली १ बाट यस पटक प्रदीप कटुवालले टिकट पाएका छन् । ‘राना, थापा र पहाडीलगायतका नेताहरूले स्वैच्छिक रूपमै टिकटको दाबी गरेका थिएनन्’, एमाले अध्यक्ष ओली निकट एक नेता भन्छन्, ‘ती बाहेक अन्य केही नेताहरू जस्तो खगराज अधिकारी प्रदेशमा जान चाहेका छन् ।’
यता ओली निकट मानिएका दोलखाका पार्वत गुरुङ र आनन्द पोखरेलबीचको जुँगाको लडाईंले तेस्रो व्यक्तिले टिकट पाएका छन् । गुरुङ र पोखरेलको लडाइँलाई कारण देखाउँदै अध्यक्ष ओलीले आफ्नै भाञ्जा पर्ने वालकृष्ण सिवाकोटीलाई टिकट दिएका हुन् । दोलखामा सिवाकोटीले टिकट पाउँदा ओलीले दाङमा कमल वली र ललितपुरमा ज्ञानेन्द्र शाक्यलाई टिकट दिएर परिवारवाद झल्काएको एमाले नेता कार्यकर्ताबीच चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण