बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

सुर्खेत-१ मा खड्का र २ मा थानीले पाए टिकट

शनिबार, २२ असोज २०७९, १९ : ३९
शनिबार, २२ असोज २०७९

 सुर्खेत । सुर्खेतमा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र हृदयराम थानीले टिकेट पाएका छन् । खड्का क्षेत्र नं.–१ बाट र थानी क्षेत्र नं.–२ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका हुन् । थानीले रातोपाटीसँग कुरा गर्दै भने,‘ मेरो टिकट फिक्स भएर म सुर्खेत फर्कँदै छु ।’

०७४ मा यी दुवै जना नेता बाम गठबन्धनका उम्मेदवारसँग पराजित बनेका थिए । सुर्खेतमा कांग्रेसभित्र संस्थापन पक्षबाट खड्का र इत्तर पक्षबाट थानीले प्रतिनिधित्व गर्दछन् । दुई पक्षबीचको आन्तरिक द्वन्द्वका कारण कांग्रेसले गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा घाटा व्यहोर्नुपरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप