सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड
पर्वत । पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सबै विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ ।
पालिकाभित्र रहेका माध्यमिक तहका विद्यालयलाई ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए।
सामाजिक, आर्थिक रूपान्तरणको रणनीति, समग्र पहुँच र गुणस्तरीय आधुनिक प्रविधियुक्त शिक्षा भन्ने नारालाई आत्मसात् गर्दै रु एक करोड २३ लाख २१ हजारको लागतमा ५२ थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । गाउँपालिकाले विद्यालयमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने अभियानअन्तर्गत बोर्डको व्यवस्थापन गरिएको थियो।
स्मार्ट बोर्डको प्रयोगले शिक्षकको शिक्षणशैली थप प्रभावकारी हुने, विद्यार्थीको सिकाइ रुचिकर बन्ने तथा सूचना–प्रविधिमैत्री शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने गाउँपालिकाका शिक्षा अधिकृत दिनेश पौडेलले विश्वास व्यक्त गरे।
आधुनिक शिक्षाको आधार नै प्रविधि भएकाले स्मार्ट बोर्डको अधिकतम् सदुपयोग गर्न गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले विद्यालयलाई आग्रह गरेकी छन्।
मार्ट बोर्ड केवल उपकरण नभई शिक्षण सिकाइको गुणस्तर परिवर्तन गर्ने माध्यम भएको उल्लेख गर्दै यसको नियमित र प्रभावकारी प्रयोग गर्न उपाध्यक्ष विमल लामिछानेले आग्रह गरे। ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आधुनिक प्रविधिसहितको शिक्षा उपलब्ध गराउने गाउँपालिकाको प्रयासले विद्यार्थीहरू अब्बल बन्ने उनको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्यो : संयुक्त राष्ट्रसङ्घ
-
कर्णाली नदीमा भेटिएको शवको पहिचान, साङ्गेतडा दुर्घटनाका ३ जना अझै सम्पर्कविहीन
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण