सुर्खेतमा समाजवादीको दोहोरो नीति : प्रदेशमा एकल उम्मेदवारी, प्रतिनिधिसभामा गठबन्धनलाई सहयोग गर्ने
सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र) ले दोहोरो नीति अपनाएको छ । सत्तारुढ गठबन्धनको निर्णयले कुनै पनि क्षेत्र भाग नपारेपछि प्रदेश सभाका दुई क्षेत्रमा एकल उम्मेदवारी दर्ता गर्ने भएको छ भने संघमा गठबन्धनलाई नै सघाउने भएको छ ।
समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले सुर्खेत क्षेत्र नं.–२ (क) र (ख) मा समाजवादीले एक्लै चुनाव लड्ने बताए । त्यसका लागि आज ३ बजे मनोनयपत्र दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय जाने उनको भनाई छ । उनका अनुसार २ (क)मा समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय उम्मेदवार बनेका छन् भने (ख)मा बडुवाल नै उम्मेदवार बनेका छन् ।
‘हामीले गठबन्धनलाई कुनैपनि असर नपर्ने गरि उम्मेदवारी दर्ता गर्ने छौं,’उनले रातोपाटीसँग भने,‘ हिजो हामीले गरेको निर्णय पार्टीले एसेप्ट गरेर नै यस्तो निर्णयमा पुगेका हौं ।’ अब २ (क) मा कांग्रेसका कालीप्रसाद शाक्य, एमालेका यामलाल कँडेल र समाजवादीका शिव उपाध्यायबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यहाँ माओवादीले कांग्रेसलाई सहयोग गर्नेछ । २ (ख) मा माओवादीका विन्दमान विष्ट, एमालेका ताराकेशर गौतम र समाजवादीका मोहन बडुवालबीच प्रतिस्पर्धा हुने भएको छ । यसो भएको खण्डका गठबन्धनकै उम्मेदवारहरूलाई घाटा लाग्न सक्ने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
-
फेरि कानुनी समस्यामा फसे सलमान खान
-
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
-
विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
-
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण