बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कालिकोटमा खोलाले बगाउँदा प्रहरी जवान बेपत्ता

सोमबार, २४ असोज २०७९, १४ : ०४
सोमबार, २४ असोज २०७९

कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत हरेका छन् ।

उनी कालिकोटको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका थिए । सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  उनी बगेको खबर सोमबार बिहान साढे ९ बजे मात्रै प्राप्त भएको हो ।  प्रहरीकाअनुसार उक्त क्षेत्र रहेको टाकुल्ला खोला बढेका कारण प्रहरी घटनास्थलमा पुग्न सकिरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप