मेस्सीले बेनफिकाविरुद्धको खेल गुमाउने
मङ्गलबार, २५ असोज २०७९, १२ : ४८
पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनेल मेस्सीले मंगलबार बेनफिकाविरुद्ध च्याम्पियन्स लिगको समूह चरणको खेल गुमाउने भएका छन् । खुट्टामा लागेको चोटका कारण उनले खेल्न नपाउने भएका हुन् ।
३५ वर्षीय खेलाडीले गत हप्ता पोर्चुगलमा बेनफिकाविरुद्ध पहिलो चरणको खेलमा गोल गरेका थिए । तर खेलको अन्त्यतिर उनलाई सब्सटिट्युट गरिएको थियो ।
गत शनिबार लिग वानमा रेम्सविरुद्धको खेल पनि अर्जेन्टिनी फरवार्डले गुमाएका थिए । सो खेलमा यो सिजन पहिलोपटक गोल गर्न नसकेपछि पीएसजी बराबरी खेल्न बाध्य बनेको थियो ।
च्याम्पिन्यस लिगमा पीएसजी बेनफिकासँगै ७ अंकसहित समूह एचको शीर्ष स्थानमा रहेको छ । समूहमा युभेन्टस तेस्रो स्थानमा रहेको छ । आफ्नो घरेलु मैदानमा खेलिने खेलमा पीएसजीले प्रेसनेल किमपेम्बे, नुनो मेन्डेज र रेनाटो सान्चेजलाई पनि गुमाउने भएको छ ।
बीबीसी स्पोर्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
-
फेरि कानुनी समस्यामा फसे सलमान खान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण