संयुक्त राष्ट्रमा रुसलाई भारतको झट्का

भारतले संयुक्त राष्ट्रको महासभामा युक्रेन मामिलामा रुसको गोप्य मतदानको मागविरुद्ध भोट गरेको छ । युक्रेनको चार क्षेत्रमा रुसी कब्जाको मस्यौदा प्रस्तावको निन्दाबीच भारतसमेत १ सयभन्दा बढी देशले संयुक्त राष्ट्रमा रुसको प्रस्तावमा सार्वजनिक मतदानको माग गरेका हुन् ।
भारतसमेत १०७ देशले रेकर्डेड भोटिङको पक्षमा मतदान गरेपछि रुसको गोप्य मतदानको माग खारेज भएको छ । रुसको पक्षमा मात्र १३ देशले मतदान गरे । ३९ देश यस विषयमा तटस्थ रहे । रुस र चीनले यो मुद्दामा भोट गरेन । रुसले रेकर्डेड भोट गर्ने अल्बानियाको प्रस्तावमा पुनर्विचार गर्ने माग गरेको थियो । भारत समेतका देशको मतदानपछि संयुक्त राष्ट्रले पुनर्विचारको माग खारेज गरेको थियो ।
संयुक्त राष्ट्रमा रुसका स्थायी प्रतिनिधि वेसिली नेबेन्जियाले संयुक्त राष्ट्रको सदस्यता अपमानजनक धोखाधडी भएको बताउँदै आक्रोश व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाबारे आयोगको अनुसन्धान पूरा, केही दिनमै रिपोर्ट सार्वजनिक हुने
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
-
प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित
-
‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
-
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
-
बाबिल खानले लिए करियरबाट ‘ब्रेक’