संयुक्त राष्ट्रमा रुसलाई भारतको झट्का
भारतले संयुक्त राष्ट्रको महासभामा युक्रेन मामिलामा रुसको गोप्य मतदानको मागविरुद्ध भोट गरेको छ । युक्रेनको चार क्षेत्रमा रुसी कब्जाको मस्यौदा प्रस्तावको निन्दाबीच भारतसमेत १ सयभन्दा बढी देशले संयुक्त राष्ट्रमा रुसको प्रस्तावमा सार्वजनिक मतदानको माग गरेका हुन् ।
भारतसमेत १०७ देशले रेकर्डेड भोटिङको पक्षमा मतदान गरेपछि रुसको गोप्य मतदानको माग खारेज भएको छ । रुसको पक्षमा मात्र १३ देशले मतदान गरे । ३९ देश यस विषयमा तटस्थ रहे । रुस र चीनले यो मुद्दामा भोट गरेन । रुसले रेकर्डेड भोट गर्ने अल्बानियाको प्रस्तावमा पुनर्विचार गर्ने माग गरेको थियो । भारत समेतका देशको मतदानपछि संयुक्त राष्ट्रले पुनर्विचारको माग खारेज गरेको थियो ।
संयुक्त राष्ट्रमा रुसका स्थायी प्रतिनिधि वेसिली नेबेन्जियाले संयुक्त राष्ट्रको सदस्यता अपमानजनक धोखाधडी भएको बताउँदै आक्रोश व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : चितवनका तीन सांसद पदाधिकारीमा निर्वाचित
-
अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण