बराबरी बावजुद सिटी अन्तिम १६ मा
१० खेलाडीमा सीमित म्यानचेस्टर सिटी एफसी कोपनहेगनसँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीका बावजुद पनि सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलबार राति भएको समूहकै अन्य खेलमा सेभिया र बोरुसिया डर्टमण्डले बराबरी खेलेपछि सिटी अर्को चरणमा प्रवेश गरेको हो । भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) हाबी भएको खेलमा सिटीका रोड्रीले २५ यार्ड टाढाबाट गरेको गोललाई रद्द गरिएको थियो भने सिटीले पेनाल्टी पाएको थियो ।
२५ औँ मिनेटमा पाएको सो पेनाल्टीलाई रियाद महारेजले गोलमा परिणत गर्नबाट चुकेका थिए । त्यसको ५ मिनेट पछि सर्जियो गोमेजले रातो कार्ड खाँदै मैदान छाड्न परेपछि सिटी १० खेलाडीमा सीमित बन्न परेको थियो ।
अर्लिङ हालान्डलाई बेन्चमा राखिएको खेलमा सिटीले त्यसपछि गोल गर्न सकेन र खेल गोलरहित बराबरीमा टुंगियो । समूह सीमा सिटी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ७ अंकसहित डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । सेभिया २ अंकसहित तेस्रो स्थानमा छ भने समान अंक रहेको कोपनहेगन चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण