बागी उम्मेदवार निष्क्रिय बसेर गठबन्धनलाई सहयोग गर्न जनमोर्चाको निर्देशन
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएका कतिपय निर्वाचन क्षेत्रहरूमा गठबन्धन दलहरूका दोहोरो उम्मेदवारी वा बागी उम्मेदवारी परेकोमा तिनलाई फिर्ता गर्ने र समयको कारण फिर्ता गर्न नभ्याएका स्थानका उम्मेदवारहरूका उम्मेदवारीलाई निष्क्रिय पार्ने (छाड्ने) सहमति भएको छ ।
त्यसअनुसार राष्ट्रिय जनमोर्चाका काठमाडौँ ९ (ख), गुल्मी १ (क), दाङ १ (क) र सुर्खेत १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवारीहरू निष्क्रिय पार्ने (छाड्ने) र गठबन्धन दलका उम्मेदवारहरूलाई सहयोग गर्न निर्देशन दिइएको पार्टी अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘२०६२–६३ सालको संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको छ । त्यो स्थितिमा देश प्रतिगमनतिर जाने, राजतन्त्र वा कुनै प्रकारको अधिनायकवादी व्यवस्था आउने खतरा छ ।
त्यस प्रकारको पृष्ठभूमिमा नै प्रतिगमन विरोधी ५ दलीय गठबन्धनको निर्माण भएको हो । प्रतिगमनको खतरा अहिले पनि विद्यमान भएकाले त्यसका विरुद्ध गठबन्धनलाई बलियो र सशक्त बनाउनुपर्ने राष्ट्रिय आवश्यकता छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमनलाई परास्त गर्ने महत्त्वपूर्ण कडी हुनेछ ।’ केसीले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा