कविता : भय
कोनि किन हिजो आज मृत्युले
मलाई जिस्काइ रहन्छ
मैले रमाएको
मैले हाँसेको
मैैले खेलेको
केही पनि मन पराउँदैन ।
अनि मैले कमाएको एक मुठी विश्वास
मैले फेरिरहेको एक मुठी स्वास
उसले दिएको पैचो जत्तिकै गर्छ ।
बारम्बार मेरो गोरेटो छेकेर तगारो बन्छ
कोनि किन मिति पुग्यो संसार छोड् भन्छ ।
मैले गर्नुपर्ने अझ थुप्रै छ
संसार हेर्नुपर्ने थुप्रै छ,
आपूmमा आपैmको विश्वास छ
आपूmमा आपैmको भरोसा छ
त्यही भरोसको चाङलाई भत्काउन
पैतालादेखि शिरसम्म मृत्यु ताण्डव गरिरहन्छ ।
बिहान घरबाट निस्कदा
बेलुका घर फर्किदैन कि जस्तो लाग्छ
बेलुकी ओछ्यान पसेपछि
बिहान बिउँझिदैन कि जस्तो लाग्छ ।
लाचार यो मन कहिलेकाहीँ
मृत्युसँग हार्छु कि जस्तो लाग्छ,
कर्तव्य र जिम्मेवारीको एक भकारी भारी
पिँठ्यूमा बोकी हिँडदा
कतै थाकेर बिसाउँछु कि जस्तो लाग्छ
या हिँड्दा हिँडदै दोबाटोमा
छुटिन्छु कि जस्तो लाग्छ ।
एक छत आकाश ओढेर
निदाउनु पनि जगजगी
एक ढिक्का सपना आँखामा बोकेर
हिँड्नु पनि जगजगी ।
हिँड्दा हिँड्दै बाटो सर्प भइदिन्छ
बग्दा बग्दै नदी अजिङ्गर भइदिन्छ
चियाको चुस्की पिउँदा पिउँदै
बिख भएर शरीरमा दौडी दिन्छ,
त्रासित मन खै कोनि किन आत्तिइ रहन्छ
मृत्यु ढोकामा पर्खाल बनेर उभिरहन्छ...ठिङ्ग ।
डुवर्स, भारत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई
-
सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई
-
स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छ : महामन्त्री थापा
-
सर्लाहीको लालबन्दीका तीन विपन्न परिवारलाई घर
-
काठमाडौँको बत्तिसपुतलीमा युवकको हत्या
-
‘विद्यार्थी महोत्सव’ले विद्यार्थी आन्दोलनको स्वरूप नै बदल्नेछ : संयोजक गिरी