एसिया कप : भारत सातौँ पटक च्याम्पियन
महिला टी–२० एसिया कपको फाइनलमा श्रीलङ्कालाई ८ विकेटले पराजित गर्दै भारतले सातौँ पटक उपाधि कब्जा गरेको हो । एसिया कपका ८ संस्करणमा भारत एक पटक मात्र च्याम्पियन बन्न असफल बनेको छ ।
बंगलादेशको सिल्हेटमा खेलिएको यस प्रतियोगिताको फाइनलमा श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६५ रन मात्रै बनाउन सक्यो । भारतले ८.३ ओभरमा २ विकेट गुमाएर ७१ रन बनाएर जित दर्ता गरेको हो । भारतका लागि स्मृति मन्धानाले अविजित रहँदै सर्वाधिक ५१ रन बनाएकी थिइन् ।
मन्धनाले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाइन् । कप्तान हरमनप्रीत कौरले नटआउट ११ रन बनाएकी थिइन् । शेफाली वर्माले ५ र जेमिमा रोड्रिग्सले २ रनको योगदान दिएकी थिइन् । श्रीलंकाका इनोका रणवीर र कविशा दिलहारीले १–१ विकेट लिए । भारतकी रेणुका सिंह ‘म्यान अफ द म्याच’ घोषित भइन् भने दीप्ती शर्मा ‘म्यान अफ द सिरिज’ भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण