टुरिन डर्बीमा युभेन्टसको संघर्षपूर्ण जीत
आइतबार, ३० असोज २०७९, ०८ : ४७
डुसान भ्लाहोभिचको निर्णायक गोलको मद्दतले युभेन्टसले सहरको प्रतिद्वन्द्वी टोरिनोलाई हराउँदै म्यानेजर मासिमिलानो एलेग्रीमाथिको दबाब केही कम गरेको छ । २२ वर्षीय सर्बियन खेलाडीले ७४ औँ मिनेटमा डेनिलोको पासमा गोल गर्दै टुरिन डर्बीमा टोलीलाई जीत दिलाए । यो सिजन उनको यो छैटौँ गोल हो ।
सिजनको चौथो जीतपछि युभेन्टस लिगको सातौँ स्थानमा उक्लिएको छ । १० खेलपछि युभेको १६ अंक रहेको छ भने टोरिनो ११ अंकसहित ११ औँ स्थानमा रहेको छ ।
यसअघि च्याम्पियन्स लिगमा युभे माकाबी हाइफासँग स्तब्ध हुँदै नकआउट चरण पुग्ने सपनामा धक्का लागेको थियो । जीतका बावजुद शनिबारको प्रदर्शनले एलेग्रीमाथि प्रश्न भने उठ्ने अपेक्षा गरिएको छ । अन्य खेलमा एटलान्टाले सासुलोलाई २–१ ले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । एम्पोलीले मोन्जालाई १–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण