मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिक्किममा सत्यमोहन जोशीको स्मृतिमा पुस्तकालय बनाइने

मङ्गलबार, ०१ कात्तिक २०७९, २२ : २८
मङ्गलबार, ०१ कात्तिक २०७९

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै भारतको सिक्किममा शोकसभा सम्पन्न गरिएको छ । सिक्किम नेवाः गुथि तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा कार्यक्रम सम्पन्न गरेको हो । जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

कार्यक्रममा सिक्किम नेवाः गुथिका पूर्वअध्यक्ष दिलु कुमार प्रधानले  जोशीसँगको भेटवार्ताको अनुभव र उनको जीवनीबारे चर्चा गरे । उनले सिक्किममा 'सत्यमोहन जोशी स्मृति पुस्तकालय' स्थापना गर्ने घोषणा समेत गरे । 

त्यस्तै, कार्यक्रममा वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठले शताब्दी पुरुष  डा। सत्य मोहन जोशीको जीवनी र कृतिबारे चर्चा गरे । उनले जोशीका प्रकाशित कृतिहरु अध्ययन गर्नुपर्नेमा जोड दिए । त्यस्तै, विद्यालयका प्राचार्य विकास प्रधानले डा। जोशीबाट लिइएको ज्ञानको स्मरण गर्दै आफ्नो मातृभाषा र संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्ने प्रेरणा पाएको बताए । कार्यक्रमको सुरूमा जोशीको आत्मशान्तिको लागि कामना गरी मौन धारण गरिएको थियो । सो पश्चात् फोटोमा माला अर्पण गरेर श्रद्धाञ्जली चढाइएको थियो ।

कार्यक्रममा सिक्किम नेवाः गुथिका पूर्वअध्यक्ष एवं नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालय सिक्किमका अध्यक्ष भाजु दिलु कुमार प्रधान, वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठ, विद्यालयका प्राचार्य विकास प्रधान, विनित प्रधान तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप