बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अनिल र माधुरीको हिट फिल्म ‘जमाइ राजा’को रिमेक बन्ने

बिहीबार, ०३ कात्तिक २०७९, १२ : २४
बिहीबार, ०३ कात्तिक २०७९

अनिल कपूर र माधुरी दीक्षित अभिनित हिट फिल्म ‘जमाइ राजा’ को रिमेक निर्माण हुने भएको छ । फिल्म निर्माण संस्था इन्डियन प्रोडक्सन आउस शेमारु इन्टरटेनमेनटले इन्डियन मिडिया इन्टरटेनमेन्टकासाथ फिल्म निर्माणका लागि सहकार्य गरेको हो । 
इन्टरटेनमेन्टले भारतमा ४०० भन्दा बढी फिल्म बनाएको छ । यो भारतको सबैभन्दा पुरानो फिल्म कम्पनी मध्ये एक हो । सन् १९९० मा रिलिज भएको यो फिल्ममा अनिल र माधुरीको जोडी खुबै रुचाइएको थियो । फिल्ममा हेमा मालिनी पनि मुख्य भूमिकामा थिइन् । 

‘जमाइ राजा’ तेलुगु फिल्म ‘अट्टाकु यामुदु अम्मायीकी मोगुडु’ को हिन्दी रिमेक हो । फिल्मको कथा सासु र ज्वाइँमा आधारित थियो । यो एक सामाजिक कथामा आधारित भएको हुनाले सोही वर्ष यसलाई तमिलमा ‘मपिलाई’ नामले पनि रिमेक गरिएको थियो ।

तमिल फिल्ममा रजनीकान्तको मुख्य भूमिका थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप