‘कांतारा’ ले जोडदार प्रतिक्रियासँगै व्यापक कमायो
रिषभ शेट्टीको ‘कांतारा’ अघिल्लो शुक्रबार हिन्दीमा हलमा रिलिज भयाे र एक हप्तादेखि फिल्मले जसरी कमाइरहेको छ, त्यो कसैले पनि सायद सोचेको थिएन । गत ३० सेप्टेम्बरमा थिएटरमा ‘कांतारा’ कन्नडमा रिलिज भयो । यसले उत्कृष्ट रिभ्यु पायो र कर्नाटकमा यसको टिकट पाउन नै मुश्किल भयो । साउथका अन्य राज्यमा पनि जहाँ ‘कांतारा’ रिलिज भयो, त्यसले जोडदार प्रतिक्रिया पायो । सोसल मिडियामा हिन्दी दर्शक पनि ‘कांतारा’ बारे कुरा गरिरहेका थिए र निर्माण पक्षले दर्शकको प्रतिक्रिया हेरेर १४ अक्टोबरमा थिएटर्समा फिल्मको हिन्दी भर्सन पनि रिलिज गरे ।
हिन्दी भाषी राज्यमा ‘कांतारा’ को अगाडि सबैभन्दा ठूलो चुनौती आयुष्मान खुरानाको ‘डाक्टर जी’ थियो, जसको मार्केटिङ पनि बेस्सरी भयो र फिल्मको ट्रेलर पनि मानिसहरुलाई निकै मनपर्यो । तर अहिले के भएको छ कि पछिल्लो दिन दिनदेखि कांतारा हिन्दीले बक्स अफिसमा ‘डाक्टर जी’ भन्दा पनि बढी कमाई गरिरहेको छ ।
‘कांतारा’ को हिन्दी भर्सनले बिहिबार बक्स अफिसमा १.९० करोडको कलेक्सन गरेको छ । बुधबार फिल्मले १.९० करोड भारु कमाएको थियो अर्थात् बिहिबार कमाईमा थोरै गिरावट छ । कुनै खासै मार्केटिङ बिना नै रिलिज भएको ‘कांतारा’ हिन्दीको ओपनिङ कलेक्सन १.२७ करोड भारु थियो । त्यसको भोलिपल्टै फिल्मले दोब्बर कलेक्सन गर्यो र पहिलो विकेन्डमा यसको कलेक्सन ७.५२ करोड भारु रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण