बैंकहरुले कमाए तीन महिनामा १८ अर्ब ७५ करोड नाफा
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सार्वजनिक रिपोर्ट अनुसार कुल २६ वटा वाणिज्य बैंकहरु चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज) मा कुल १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले कमाएको खुद नाफाको तुलनामा ५.९४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले कुल १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
तथ्याङ्क अनुसार २६ वटा बैंकहरु मध्ये १४ वटा बैंकले अघिल्लो वर्षको भन्दा नाफा वृद्धि गरेका छन् भने १२ वटा बैंकको नाफा घटेको छ । यस्तोमा दुई वटा सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंकसहित १२ बैंकको नाफामा ब्रेक लागेको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको नाफा १९ प्रतिशतले घट्न पुगेको छ । बैंकले अघिल्लो वर्ष ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष ६० करोड ४० लाख ९८ हजार रुपैयाँ मात्र कमाउन सकेको छ ।
यस्तै, कृषि विकास बैंकले अघिल्लो वर्ष ४८ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ कमाएकोमा यस वर्ष ५४.४८ प्रतिशतले नाफा गुमाउँदै २२ अर्ब ९ करोड ५३ लाख रुपैयाँ मात्र कमाएको छ ।
अन्य बैंकहरुमा एनएमबी बैंकले अघिल्लो वर्षको तुलनामा यस वर्ष १३.४३ प्रतिशतले नाफा गुमाएको छ भने लक्ष्मी बैंकले ८.९३ प्रतिशतले, सिटिजन्स बैंकले २७.०९ प्रतिशतले, प्राइम कमर्सियल बैंकले १०.६१ प्रतिशतले, सनराईज बैंकले ६१.५ प्रतिशतले, सानिमा बैंकले ३.४६ प्रतिशतले, माछापुच्छ्रे बैंकले १९.६५ प्रतिशतले, सिद्धार्थ बैंकले ४७.४८ प्रतिशतले, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ०.२४ प्रतिशतले र मेगा बैंकले ४४.३३ प्रतिशतले नाफा गुमाएका छन् ।
नाफा कमाउने १४ बैंकहरु
कुल २६ वटा वाणिज्य बैंकमा १४ वटा बैंकको नाफामा वृद्धि भएको छ । जसमा एक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) सहित १३ वटा अन्य बैंकहरु छन् ।
आरबीबीले अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा १८.६६ प्रतिशतले नाफामा वृद्धि गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५ करोड ६ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष १८.६६ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब २४ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, नबिल बैंकले अघिल्लो वर्षको तुलनामा यस वर्ष ४१.३ प्रतिशतले नाफा वृद्धि गरेको छ भने, नेपाल इन्भेष्टमेन्ट बैंकले अधिकतम ८५.०७ प्रतिशतले नाफा वृद्धि गरेको छ । रिपोर्ट अनुसार अघिल्लो वर्षको पहिलो त्रैमासमा जम्मा ५४ करोड ११ लाख १९ हजार रुपैयाँ मात्र नाफा कमाएको बैंकले यस वर्ष झण्डै शतप्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब १४ करोड ५ लाख ९७ हजार रुपैयाँ कमाउन सफल भएको हो ।
यस्तै, स्टाण्डर्ड चार्टर्ड बैंकले पनि अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा ६८.३९ प्रतिशतले नाफा वृद्धि गरेको छ । हिमालयन बैंकले १७.५८ प्रतिशतले नाफा वृद्धि गरेको छ । नेपाल एसबीआई बैंकले ६८.२३ प्रतिशतले, एभरेष्ट बैंकले ४८.९५ प्रतिशतले, कुमारी बैंक ८५.०७ प्रतिशतले, सेन्चुरी बैंकले १६.९ प्रतिशतले, एनआईसी एशिया बैंकले ४८.७९ प्रतिशतले, प्रभु बैंकले १०.७९ प्रतिशतले, बैंक अफ काठमाण्डू बैंकले १०.७१ प्रतिशतले, सिभिल बैंकले ४२.२३ प्रतिशतले र ग्लोबल आईएमई बैंकले ६.९५ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको बैंकहरुको नाफा, (रु.लाख/थप/घट प्रतिशतमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा