एमाले लोकतन्त्र विरोधी पार्टी हो : मन्त्री पौडेल
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् । सोमबार चुनावी सभा निसीखोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाएका हुन् ।
“हामीले लडेर ल्याएको व्यवस्थाविरुद्वमा नेकपा एमाले छ,” उनले भने,“ ७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्याउन एमाले उद्धत छ । उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताए । “यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्यो”, उनले भने, “यो प्रणालीमा भएका कमि कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।”
सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क हुने आश्वासन दिए । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजासहित शिक्षक अस्पताल बन्ने प्रक्रियामा रहेको उल्लेख गरे । बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकासका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण