शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री मोदीले कारगिलमा सिपाहीहरूसँग गाए गीत

सोमबार, ०७ कात्तिक २०७९, २० : ५४
सोमबार, ०७ कात्तिक २०७९

सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा  रहेका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी भएका छन् । एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देखिएका छन् ।

प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिएका तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् । प्रधानमन्त्री मोदी कारगिलमा सैनिक जवानहरूसँग दीपावली मनाउन आजै यहाँ आइपुगेका हुन् । 

प्रधानमन्त्रीले विगत केही वर्षदेखि सैनिक जवानसँग चाडपर्व मनाउँदै आएका छन् । उनले सेनाका जवानलाई मिठाई बाँड्नका साथै कारगिल युद्ध स्मारकमा माल्यार्पण गरेका थिए । सन् १९९९ मा पाकिस्तानसँग भएको युद्धमा पाँच सय २७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा ज्यान गुमाएका सेनाका जवानप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरे ।

सशस्त्र बल देशको खम्बा भएको बताए । सिमाना सुरक्षित हुँदा राष्ट्र सुरक्षित हुने तथा अर्थतन्त्र बलियो हुने यथार्थ प्रस्तुत गर्दै प्रधानमन्त्रीले प्रकाशको पर्व दीपावलीले विश्व शान्तिको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । साथै उनले सेनाका सकल दर्जामा शुभकामना व्यक्त गरे । (रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप