शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली सेनाद्वारा ६ जना प्यालेस्टिनीको हत्या

मङ्गलबार, ०८ कात्तिक २०७९, १४ : ४२
मङ्गलबार, ०८ कात्तिक २०७९

इजरायली सुरक्षाकर्मीले वेस्ट ब्याङ्क क्षेत्रमा छापा मार्दा कम्तीमा ६ जना प्यालेस्टिनी मारिएका छन् भने २१ जना घाइते भएका छन् । मंगलबार बिहान ठूलो संख्यामा इजरायली सेना नाबलुस सहरमा प्रवेश गरेका थिए ।

प्यालेस्टिनियन फताह मुभमेन्टका प्रवक्ताका अनुसार इजरायली सेनाको प्रवेशलाई प्यालेस्टिनी सुरक्षाकर्मी र सशस्त्र विद्रोहीले रोक्ने प्रयास गरेका थिए । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सुरक्षाकर्मीको गोलाबारीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । ती मध्ये एक जना निहत्था रहेका थिए । मन्त्रालयले अर्को गाउँ नाबी सलेहमा एक १९ वर्षीय युवक इजरायली सुरक्षाकर्मीबाट मारिएका छन् । अलजजिरा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप