लाइपजिगसँग रियलको हार
बुधबार, ०९ कात्तिक २०७९, १० : ४४
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा पराजित भएको छ । बुधबार भएको खेलमा रियल आरबी लाइपजिगसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।
लाइपजिगलाई जित दिलाउन जोको गाभार्डिलो, क्रिस्टोफर कुन्कु र टिमो वार्नरले एक–एक गोल गरे । यता रियलका लागि भिनिसिउस जुनियर र रोर्डिगोले एक–एक गोल गरे ।
यता बेन्फिकासँग पराजित भएको युभेन्ट्स समूह चरणबाटै बाहिरिएको छ । युभेन्ट्स बेन्फिकासँग ४–३ गोल अन्तरले पराजित भएको हो । युभेन्ट्सले ५ खेलमा ३ अंक जोडेको छ । बेन्फिकाले ५ खेलबाट ११ अंक जोडेर अन्तिम १६ मा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण