सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
सारांश
- सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित विधेयक टेबल गरेको छ।
- आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले राजस्व र व्ययको वार्षिक अनुमान, अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक तथा विनियोजन विधेयक सभा समक्ष टेबल गरे।
- आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्कीले विभिन्न आयोगका प्रतिवेदन सभामा पेस गरे।
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित विधेयक टेबल गरेको छ। आज ११ बजे बसेको बैठकमा विधेयक टेबल भएको हो ।
बैठकको सुरुमा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेशसभा नियमावली, २०८० बमोजिम राजस्व र व्ययको वार्षिक अनुमान, अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक तथा विनियोजन विधेयक सभा समक्ष टेबल गरे।
त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्कीले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन, थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन, मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन र मधेसी आयोगको सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गरे।
प्रतिवेदनहरू पेस भएपछि सभामुख भीमबहादुर भण्डारीले महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक लेखा समितिमा तथा अन्य आयोगका प्रतिवेदन सम्बन्धित समितिमा अध्ययन र छलफलका लागि पठाउन निर्देशन दिए।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी विधेयक टेबल भएसँगै बजेटमाथिको छलफल र पारित गर्ने प्रक्रिया अघि बढ्ने जनाइएको छ।
कार्यसूची सकिएपछि सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरे। यसअघि बजेट प्रस्तुत भएपछि सत्तारुढ दलहरूबीच देखिएको आन्तरिक विवादका बैठक प्रभावित हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य नियुक्त
-
नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा
-
पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण