बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मोडलसँग रोमान्स गरेको भेटेपछि चलचित्र निर्देशकले आफ्नै श्रीमतीलाई गाडीले किचे

शुक्रबार, ११ कात्तिक २०७९, ०८ : ५२
शुक्रबार, ११ कात्तिक २०७९

‘खली बाली’, ‘देहती डिस्को’ जस्ता फिल्मका निर्माता कमल किशोर मिश्रविरुद्ध उनकी श्रीमती अभिनेत्री यास्मिनलाई कारले किचेको आरोपमा मुद्दा दर्ता भएको छ । मिश्रकी श्रीमती यास्मिनले उनलाई अंधेरी (पश्चिम) को एक आवासीय भवनको पार्किङमा अर्की महिलासँग कारमा बसेको देखेकी थिइन्। उनीसँग कुरा गर्न आउँदा मिश्रले भाग्ने प्रयासमा श्रीमतीलाई नै कारले किचेका थिए ।

घटनामा यास्मिन गम्भीर घाइते भएकी छिन् । उनको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । यो घटना अक्टोबर १९ मा भएको थियो । यास्मिनले आरोप लगाउँदै भनिन्, ‘अक्टोबर १९ मा घर पुग्दा उनी (पति) आफ्नो कारमा मोडल आयशा सुप्रिया मेमनसँग रोमान्स गरिरहेका थिए । उनीहरु दुबै एकदमै नजिक थिए । दुबै जनालाई सँगै देखेपछि मैले गाडीको सिसामा ढकढक्याएँ र केही बोल्नु पर्छ भनेर सिसा तल गर्न भने तर कमलले मेरो कुरा सुनेन र गाडी घुमाएर भाग्न थाले ।’

यास्मिनले थप भनिन्, 'मैले कार रोक्न खोजेँ, उनले मलाई गाडीले किचेर भागे। यो घटनाका कारण मेरो टाउकोमा धेरै चोट लागेको छ । कमलले अलिकति पनि मानवता देखाएनन् । गाडीबाट ओर्लेपछि म जिउँदै छु कि मरेको छु पनि हेरेनन् । हाम्रो सम्बन्ध ९ वर्षको थियो तर त्यो मान्छेले ९ सेकेन्ड पनि मेरो बारेमा सोचेन ।’

यास्मिनले भनिन्, 'कमलले नयाँ केटीहरूलाई आफ्नो मायाको जालमा फसाउँछ। तिनीहरूलाई आफ्नो सम्पत्तिको बारेमा बताउँछ । केटीहरूलाई लागि धेरै सपिङ पनि गराउँछ । यसरी उनले कयौं युवतीको जीवन बिगारेका छन् । उनले मार्च ६ गते आयशा सुप्रिया नामकी युवतीसँग गोप्य विवाह गरेको प्रमाण मसँग छ ।’

कमल बलिउडका चर्चित निर्माता हुन् । उनी युपीका बासिन्दा हुन् । उनले सन् २०१९ मा निर्माताको रुपमा बलिउडमा डेब्यु गरेका थिए । कमलले वान इन्टरटेनमेन्ट फिल्म प्रोडक्सन नामक प्रोडक्सन हाउस चलाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप