इन्टर र नापोलीको सहज जित
आइतबार, १३ कात्तिक २०७९, ०८ : ५५
इटालियन सिरी ए फुटबलमा नापोली र इन्टर मिलानले जित निकालेका छन् । शनिबार राति भएको खेलमा शीर्ष स्थानको नापोलीले सासोउलोलाई ४–० गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेनले ह्याट्रिक गरे । केभिचा कोभाराशिलाले एक गोल गरे । जितसँगै शीर्ष स्थानको नापोलीले १२ खेलमा ३२ अंक जोडेको छ । १५ अंक जोडेको सासोउलो नवौं स्थानमा छ ।
शनिबार नै भएको अर्काे खेलमा इन्टर मिलानले साम्पोडोरियालाई ३–० ले हराएको छ । इन्टरको जितमा स्टेफान डी, निकोलो बरेला र जोआकिन कोरेयाले एक एक गोल गरे ।
जितसँगै इन्टरले १२ खेलमा २४ अंक जोडेर पाँचौं स्थानमा छ । अर्काे खेलमा युभेन्ट्सले लेचीलाई १–० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण