बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सांसद बन्ने कंगनाको चाहना !

आइतबार, १३ कात्तिक २०७९, १३ : ११
आइतबार, १३ कात्तिक २०७९

बलिउड अभिनेत्री कंगना रनौतले राजनीतिमा आउने चाहना राखेकी छन् ।  एक मिडिया ग्रुपसँगको कार्यक्रममा उनले आफ्नो राजनीति प्रतिको झुकाव खुलाएकी हुन् ।  
राजनीतिमा प्रवेश गरेर लोकसभा सांसद बन्ने उनको सोच छ ।  उनले भाजपाले चाहेमा आफू चुनाव लड्ने समेत बताएकी छिन् । चुनावका लागि आफ्नो पहिलो रोजाइ हिमाञ्चल प्रदेशको मन्डी रहने उनले बताएकी छन् ।

कार्यक्रममा उनलाई सर्वसाधारणले सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भन्ने प्रश्न राखेका थिए । ‘यदि हिमाञ्चलका जनता र बीजेपीले चाहेमा जनताको सेवाका लागि हिमाञ्चलको मन्डी सिटबाट आगामी लोकसभा चुनाव लड्न सकिन्छ’ उनले जवाफमा भनेकी थिइन् ।
दैनिक भास्कर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप