बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले ‘याक एण्ड यति’बाट घोषणापत्र सार्वजनिक गर्ने

सोमबार, १४ कात्तिक २०७९, १६ : २१
सोमबार, १४ कात्तिक २०७९

नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए । 

त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 

मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले आफ्ना घोषणापत्रमार्फत जनतामाझ प्रतिबद्धता जनाउने गरेका छन् । यद्यपि घोषणापत्र कार्यान्वयनको पक्ष भने अत्यन्त फितलो रहँदै आएको भन्दै जनतामाझ आलोचना हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप