न्युजिल्यान्ड र इङ्ग्ल्यान्ड भिड्दै
आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा जारी छ । सुपर १२ अन्तर्गत समूह एक मा दुवै टोली पुछारमा छन् । दुवै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ ।
समान तीन खेल खेलको श्रीलंका २ अंक सहित पाँचौ र अफगानिस्तान पुछार तथा छैटौँ स्थानमा छ ।
दोस्रो खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड दिउँसो पौने दुई बजे आमुनेसामुने हुनेछन् । दुई टोलीबीच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ । जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अंक सहित शीर्षस्थानमा छ । इङ्ग्ल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ ।
आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ । हारले भने इङ्ग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ । एक खेल बढि खेलेको अस्ट्रेलिया पाँच अंकसहित दोस्रो स्थानमा छ । आज इङ्ग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समीकरण निकै रोचक बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण