अभिनेत्री रम्भाको कार दुर्घटना
मङ्गलबार, १५ कात्तिक २०७९, ११ : ३१
बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन् । दुर्घटनाबाट कारमा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी साशालाई भने अस्पताल भर्ना गरिएको छ ।
अभिनेत्री रम्भाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै दुर्घटनाको जानकारी दिएकी हुन् । जसमा उनले आफ्नो छोरीको स्वास्थ्य लाभका लागि प्रार्थना गर्न समेत अनुरोध गरेकी छन् । रम्भाको वास्तविक नाम विजयलक्ष्मी हो ।
उनले दक्षिण भारतीय र बलिउड गरेर १०० भन्दा बढी फिल्म अभिनय गरेकी छन् । चिरञ्जीवी, रजनीकान्त, सलमान खान, अनिल कपूर, अक्षयकुमार, अजय देवगन, सुनील शेट्टी, कमल हासन, गोविन्दा लगायत लोकप्रिय कलाकारसँग उनले फिल्म खेलेकी छन् । आजतक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
-
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण