टी–ट्वान्टी विश्वकप क्रिकेटमा विराटको कीर्तिमान
बिहीबार, १७ कात्तिक २०७९, ०६ : ४२
भारतीय क्रिकेट खेलाडी विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।
भारतीय ब्याट्सम्यान कोहलीले अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत बुधबार बंगलादेशविरुद्धको खेलबाट कोहलीले कीर्तिमान बनाएका हुन् । बंगलादेशविरुद्ध खेलमा ६४ रन बनाएका उनले हलसम्म टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
कोहलीले हालसम्म टी–ट्वान्टी विश्वकपमा २५ खेल खेल्दै १ हजार ६५ रन बनाएका छन् । कोहलीले श्रीलंकाका पूर्व क्रिकेटर माहेला जयबर्दनेको नाममा रहेको १ हजार १६ रनको कीर्तिमान भङ्ग गरेका हुन् । विराटले कीर्तिमान बनाएको खेलमा भारतले बंगलादेशलाई ५ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण