च्याम्पियन्स लिग फुटबल : रियलको फराकिलो जित
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा रियलले स्कटिस क्लब सेल्टिकमाथि ५–१ को जित निकालेको हो ।
घरेलु मैदानमा रियललाई फराकिलो जित दिलाउन लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । उता सेल्टिकका लागि जोटाले एक गोल फर्काए । पहिलो हाफमा दुई पेनाल्टी गोल पाएको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।
जितसँगै रियल ६ खेलबाट १३ अंक जोड्दै आफूलाई समूह एफको विजेता हुँदै अन्तिम १६ मा पुगेको छ । यसअघि नै समूह चरणबाट बाहिरिएको सेल्टिकले २ अंक जोडेर समूहको पुछारमा हुँदै सिजनको अन्त्य गर्यो ।
यसै समूहको अर्काे खेलमा आरबी लाइपजिगले साख्तर डोनेस्कमाथि ४–० को सानदार जित निकाल्यो । जितसँगै लाइप्जिग १२ अंक जोडेर समूहमा दोस्रो भयो । साख्तर ६ अंक जोडेर तेस्राे स्थानमा रहँदै लिगबाट बाहिरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण