यी हुन् च्याम्पियन्स लिगकाे अन्तिम १६ मा पुग्ने टोली
युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केहि खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने टोलीले पूर्णता पाएका छन् । प्रिक्वाटरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ । होम एण्ड अवे आधारमा हुने प्रिक्वाटरफाइनल विजेताले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।
अन्तिम १६ को ड्र ७ नोभेम्बरमा युरोपियन फुटबलको मुख्यालय स्विजरल्यान्डमा हुनेछ । प्रिक्वारटफाइनलका पहिलो चरण फेब्रुअरीमा हुनेछ । खेलहरु १४, १५, २१ र २२ तारिकामा हुने युइएफएले जनाएको छ । यस्तै, दोस्रो चरण मार्चको ७, ८, १४ र १५ तारिखमा गर्ने निर्णय गरेको छ ।
फाइनल खेल सन् २०२३ को १० जुनमा स्तानबुलको ओलम्पिक मैदानमा हुनेछ ।
अन्तिम १६ मा स्थान बनाउने समूह विजेता टोलीः
बायर्न म्युनिख, बेन्फिका, चेल्सी, म्यानचेस्टर सिटी, नापोली, पोर्टो, रियल मड्रिड, टोटनहम
समूह उपविजेता टोलीः
क्लब ब्रुग, डर्टमन्ड, फ्रान्कफुर्ट, इन्टर मिलान, आरबी लाइपजिग, लिभरपुल, एसि मिलान, पेरिस सेन्ड जर्मेन पिएसजी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण