दक्षिण अफ्रिका बाहिरियो, भारत सेमिफाइनलमा
दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो ।
एडिलेडमा नेदरल्यान्ड्सले दिएको रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनायो । दक्षिण अफ्रिकाका लागि रेल रोसोले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्त्ै हिरिस काल्सेनले २१ रन बनाउँदा कप्तान टेवा बाभुमाले २० रनको योगदान गरे ।
बलिङतर्फ नेदरल्यान्ड्सका लागि बर्नान्डो ग्लोभरले तीन विकेट लिए । त्यस्तै फ्रेड कालेसेन र बास डिलिडले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि कोलिन आर्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै स्टेफिन माइब्रुसले ३७ रन बनाउँदा टोम कोपरले ३५ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई विकेट लिए । त्यस्तै नोर्टेज र एडेन मार्करमले एक–एक विकेट लिए ।
यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ । यता ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्य एक टोली सेमिफाइनलमा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण